ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउनू: काठमाडौं महानगर

काठमाडाैं | असार १८, २०८०

ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउनू: काठमाडौं महानगर तस्बिर फाइल

काठमाडौं:     काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ ।  सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो ।


महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।


महानगरले सूचनामा भनेको छ, ‘‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्ने काडमाडौं महानगरपालिकाले अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माणकार्य भइरहेको भए सो कार्य रोक्का राख्न सम्बद्ध सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’’


सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्